२६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार फुटबल क्लब, न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा गोल गर्न पाएका केही मौका सदुपयोग गर्न नसक्दा दुवै टिम अंक बाँड्न बाध्य भए ।
पछिल्लो ५ खेलमा जित विहीन रहँदै चौथो बराबरी खेलेको थ्री स्टार १६ खेलबाट २५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
पहिलो चरणको खेलमा थ्रीस्टारलाई हराएको एनआरटीको १६ खेलमा ४ जित ६ हार र ६ बराबरीसहित १८ अंक भएको छ । दुई टिम रेलिगेसन हुने लिगमा एनआरटी पुछारबाट तेस्रो स्थानमा छ ।
हेर्नुहोस् खेलका तस्वीर :
तस्वीरहरू विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4