+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाव दिनु देशप्रतिको गद्दारी हो : नेता रावल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:५३

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काम ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको रावलले बताए ।

‘अर्को गृहमन्त्री नक्कली भूटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘अहिले जुन भूटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्र बिरोधी कुकृत्य पनि हो । यो ठगी हो, अनैतिक काकम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?