+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

योगेशलाई देवेन्द्र पौडेलको जवाफ : मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १३:०३

८जेठ, काठमाडौं । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काएका छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।

भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’

नेता पौडेलले भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो भन्ने प्रश्न पनि गरे । ‘तपाईको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृङ्खलामा छौं’, उनले भने ।

नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको दाबी गरे ।

संसदमा सबै मिलेर जानुपर्ने भन्दै पौडेलले बहस गर्ने भए धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन चलिरहेको ठाउँमा गएर गर्न आग्रह गरे ।

सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएकामा आपत्ति जनाउँदै सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले पनि त्यो शब्द स्वीकार गरेको भए उसको इतिहास नै समाप्त भएको जिकिर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?