+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:४३

९ जेठ, काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रम ७० पानाको छ। जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ’ उनले भने, ‘संघीयतालाई सवल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन।’

माओवाद केन्द्रको नेतृत्वमा सरकार हुँदा संघीयतालाई सवलीकरण गर्ने खालका ठोस कार्यक्रम नीति तथा कार्यक्रम नआउनु आश्चर्यको विषय भएको उनले बताए।

नीति तथा कार्यक्रमले मधेश प्रदेशलाइ विशेष ध्यान दिने भनिएकोमा धन्यवाद दिए। रासायनिक मलमा हुने कालोबजारी रोक्न आवश्यक रहेको बताए।

सिंचाइका लागि प्रयाप्त योजना आउनुपर्न उल्लेख गरे। जग्गाको हदबन्दी भूगोल अनुसार हुनुपर्ने उनको राय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?