मछिन्द्र र जावलाखेलको गोलरहित बराबरी, चर्च ब्वाइजलाई फाइदा
२०८० जेठ १० गते २०:२९
१० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मछिन्द्र एफसी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।
यस बराबरीले अंकतालिकामा दुवै टोलीको स्थान यथावत छ भने लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई फाइदा पुगेको छ ।
लिगको पहिलो चरणमा जावलाखेलले मछिन्द्रलाई ३-१ ले पराजित गरेको थियो ।
२१ खेलबाट मछिन्द्रको ३५ अंक हुँदा जावलाखेलको उति नै खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाइज शीर्ष स्थानमा छ ।
बिहीबार चर्च ब्वाइजले च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्दैछ र उक्त खेल जितेमा चर्च ब्वाइजले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउनेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4