
१७ जेठ, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार ढकाललाई जिम्मेवारी दिएका हुन् ।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको हो । ‘स्वास्थ्य मन्त्रालयबाट महानिर्देशकको जिम्मेवारीको पत्र बुझिसकेको छु । अब औषधि व्यवस्था विभागलाई एउटा लयमा लैजान्छु’, ढकालले अनलाइनखबरसँग भने ।
ढकाल लामो समयदेखि भूमिकाविहीन नै थिए । उनलाई कुनै पनि जिम्मेवारी मन्त्रालयमा हाजिर गर्दै घर फर्किरहेका थिए ।
ढकाल करिब साढे दुई बर्षपछि पुन विभागमा फर्किएका हुन् । केही वर्षदेखि ढकाल र भट्टराईबीच निरन्तर चल्दै आएको पदको हानाथापले विभागले राम्रो काम गर्न सकेको छैन । विभागमा सरकार परिवर्तन भएपिच्छे महानिर्देशक परिवर्तन भइरहेको हुन्छ । जसको कारण नीतिगत र प्रशासनिक कामले लय लिन सकेको छैन ।
प्रतिक्रिया 4