+
+

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १०:२३

१८  जेठ,  काठमाडौं । पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।

यस्तै ज्योती पाण्डेले २३,  सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?