+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अर्थसँग मञ्चले माग्यो बजेट बनाउन श्रेष्ठ नियुक्तिको कागजात

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १७:५५

२३ जेठ, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले अर्थ मन्त्रालयले बजेट बनाउन नियुक्त गरेको सदस्य रामकृष्ण श्रेष्ठ नियुक्ति गर्दाको प्रतिलिपि कागजात माग गरेको छ ।

मंगलबार मन्त्रालयमा निवेदन पेश गर्दै मञ्चले यस्तो माग गरेको हो । श्रेष्ठको संलग्नतामा बजेटको आर्थिक विधेयकमा करको दर हेरफेर गरेको समाचार सोमबार अनलाइनखबरले प्रकाशित गरेको थियो ।

करको दर हेरफेर गर्न संलग्न रहेको भन्ने आरोप लागेका विवादस्पद श्रेष्ठको नियुक्ति बजेट बनाउने उद्देश्यका लागि गरिएको अर्थमन्त्रीले नै स्वीकार गरेको भन्दै मञ्चले उक्त नियुक्तिको कागजात तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

साथै बजेट निर्माण प्रक्रियामा रहेका उनको कल डिटेल्स, पारिश्रमिक लगायत सबै विवरण उपलब्ध गराइदिन समेत मञ्चले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?