२६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीति विकृत भएका छन् । नेपालमा पैसा विना कुनै काम नहुने स्थिति रहेको पनि उनले बताए ।
शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ ।’
बिना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र इमान्दार पाखा लाग्नुपर्ने स्थिति रहेको भन्दै उनले यस्तो अवस्थालाई परिवर्तन गर्न चाहेको बताए ।
‘असल बन्नसके, भ्रष्टाचारका बिरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘भुटानी शरणार्थी प्रकरण होस् या कुनै पनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।’
अहिले प्रतिगामी शक्तिहरु सल्बलाएको भन्दै उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4