
काठमाडौं । अबको चार-पाँच महिनामा भारतले मिस वर्ल्ड-२०२३ को आयोजना गर्दैछ । ढिलै भए पनि हुन लागेको विश्व ब्युटी पेजेन्टको यो सर्वोच्च प्रतिस्पर्धामा मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । फिनालेका लागि प्रियंकाको तयारी तीव्र रुपमा भइरहेको छ ।
आइतबार अनलाइनखबरको स्टुडियोमा गफगाफ गर्दा उनी उत्साहित सुनिइन् । ताज जितेरै ल्याउने इच्छाशक्ति कुराकानीमा प्रष्ट हुन्थ्यो । विशेषगरी चार–पाँच विधामा जित निकाल्नेतर्फ उनको तयारी केन्द्रित छ । ब्युटी विथ पर्पस, हेड टु हेड, मल्टिमिडिया, स्पोर्टलगायतका विधामा उनी जित निकाल्ने मुडमा छिन् । एक वर्षदेखि नै उनको तयारी चलिरहेको छ । तयारीका लागि उनी हालै अमेरिका भ्रमणमा समेत पुगिन् ।
मिस नेपालको यात्राबाहेक अध्ययन र स्टोन व्यवसायमा सहभागी हुने प्रियंकाको योजना छ । यसका लागि सामाजिक कार्यमा पनि सक्रिय हुने योजना रहेको उनी सुनाउँछिन् । मिस वर्ल्डको अन्तिम तयारीमा जुटेकी प्रियंकाले अनलाइनखबरमा फोटोसुट पनि गराइन् । यो ताजा फोटोसुटमा उनी आकर्षक देखिएकी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4