३१ जेठ, काठमाडौं । माल्दिभ्समा सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
बुधबार मालेमा भएको पहिलो खेलमा भुटानले नेपाललाई ६१-५५ ले हरायो ।
२०१९ को १३औं सागपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालमाथि भुटानले पहिलो क्वाटरमा २१-१३ को अग्रता बनाएको थियो ।
सुरुमै ८ अंकले पछि परेको नेपालले त्यसपछिको दुई क्वाटरमामा पुनरागमन गर्ने प्रयास गरेको थियो ।
नेपालले दोस्रो क्वाटर १६-१५ र तेस्रो क्वाटरमा १३-१२ को अग्रता बनाउदै अन्तिम क्वाटरअघि अंक दुरी ६ (४२-४८) मा झारेको थियो ।
तर चौथो तथा निर्णायक क्वाटरमा नेपाल र भुटानले समान १३ अंक जोडेपछि नेपाल ६१-५५ ले पराजित भयो । नेपालले दोस्रो खेल बिहीबार पाकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया 4