+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोटाभन्दा बढी भर्ना गरेको भन्दै चक्रबर्ती हबि कलेजमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:२९

१० असार, काठमाडौं। कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्दा आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीले काठमाडौंको चक्रवर्ती हबि एजुकेसन एकेडेमीमा प्रदर्शन गरेका छन ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कानुन शिक्षा पढाउँदै आएको उक्त कलेजले शैक्षिक सत्र २०७८ मा सय जनाको कोटामा ३ सय विद्यार्थी भर्ना गरेर आफूहरुको भविष्य अन्योलमा पारेको विद्यार्थीहरुले बताएका छन् ।

‘तोकिएको कोटा सय जना रहेछ। हामीलाई थाहा भएन भर्ना भयौं। पछि कलेजले अदालत गएपछि रजिष्ट्रेसन दिलाएर परीक्षामा सहभागी गरायो’ विद्यार्थी ज्यास्मिन ओझाले भनिन्, ‘अहिले सय जना बाहेकको नतिजा नदिने भन्ने कुरा आईरहेको छ। यसरी विद्यार्थीको भविष्य नै अन्योलमा पार्नु त भएन नि ।’

कलेजले पटक पटक तोकिएको कोटा भन्दा बढी विद्यार्थी भर्ना लिएर विद्यार्थीलाई समस्यामा विद्यार्थी शितल विष्ट बताउँछिन् । उनले भनिन्, ‘विश्वविद्यालयबाट सय जनाको कोटा लिने अनि कलेजले चाहिँ डेढ सय बढी विद्यार्थी भर्ना गरेर विद्यार्थीको भविष्य अन्यौल बनाउन खोज्ने ?’

पूर्वाञ्चल विश्वविद्यालय कानुन संकायको डीन कार्यालयले अहिलेसम्म परीक्षामा सहभागी हुनेको नतिजा नरोकिने तर अबको परीक्षामा १०० जना भन्दा बढी सहभागी हुन नपाउने बताएको छ । कानुन संकायका डिन अनिल पोखरेलले भने, ‘हामीले सय भन्दा बढी त एक जनाको पनि फाराम लिँदैनौं तोकिएको अनुसार लिन्छौं । त्यो भन्दा बढी एक जनाको लिन थाल्यो भने लेनदेनको विषय जोडिन सक्छ।’

कलेजले कोटा भन्दा बढी भर्ना लिएको विषयमा क्याम्पस प्रमुख देवेन्द्र भण्डारीसँग कुराकानी गर्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?