 
																			१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् ।
संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलंका जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भने पर्न जाने जोखिम रहेको बताएका हुन् ।
निर्यातबाट डलर नआइरहेको र रेमिट्यान्समा भरथेग भइरहेको अवस्थामा तलमाथि हुनासाथ नेपाल टाट पल्टन सक्ने उनले बताए ।
पछिल्लो ७/८ वर्षमै सार्वजनिक ऋण २० प्रतिशत विन्दुले बढ्नु डरलाग्दो अवस्था रहेको भन्दै उनले यो रकम कहाँ खर्च भइरहेको छ भन्दै प्रश्न गरे । सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सहयोग गर्नुपर्ने समेत उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4