+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनको सडकमा घण्टीको चित्र बनाएकामा रास्वपाले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते २०:३७
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल ।

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा. मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘…हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले भनेका छन् ।

रास्वपाका कार्यकर्ताले पार्टीको वार्षिक उत्सवको अवसर पारेर केही दिनअघि भरतपुर महानगरपालिका–२६ को सडकमा पेन्टिङ गरेर घण्टी चिह्न बनाएका थिए । महानगरपालिकाले सडक कुरुप बनाएको भन्दै त्यसलाई मेटाएको थियो ।
रास्वपाले देशका अन्य स्थानमा पनि रास्वपाका समर्थकले सार्वजनिक सम्पदामा चुनाव चिह्न बनाएकोप्रति ध्यनाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

पार्टीप्रतिको लगाव वा अन्य कुनै बहानामा पार्टीको चुनाव चिह्न र पार्टीको पहिचानसँग सम्बन्धित सामग्री सार्वजनिक सम्पदाको दुरुपयोग गरेर नबनाउन महामन्त्री ढकालले आग्रह गरेका छन् ।

‘राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नुहुन्न भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न यही सूचनामार्फत सचेत गराउँदछौं’ उनले भने ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?