+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दाङमा ३ लाख बिरुवा रोपिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १८:०९

१४ असार, दाङ। दाङमा तीन लाख बिरुवा रोपने गरि बिहिवारदेखि बृक्षारोपण शुरुवात गरिएको छ ।

डिभिजन वन कार्यालय दाङले राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा घोराही उपमहानगरपालिका- २ मा स्थित गौरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण गर्दै यसको शुरुवात गरेको हो।

डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठका अनुसार यो वर्ष जिल्लाभर तीन लाख बढी बिरुवा रोप्ने लक्ष्य रहेको छ।

उनले ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने अभियान बिहिवारदेखि शुरु भएको जानकारी दिए।

बिहिवारमात्र बिभिन्न १४ स्थानमा गरि १५ हजार बढि बिरुवा रोपिएको उनले जानकारी दिए।

बृक्षरोपण दिवसमा आयोजना गरिएको कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी सुशील बैध नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल भएको बताए।

उनले वनका माध्यमबाट जीविको पार्जन हुने र वातावरणको पनि संरक्षण हुने भएकाले बृक्षरोपण अभियानलाई सफल बनाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?