+

लिभरपुल जाने भए डोमिनिक सोबोस्लाई

२०८० असार  १६ गते १५:३६ २०८० असार १६ गते १५:३६
लिभरपुल जाने भए डोमिनिक सोबोस्लाई

१६ असार, काठमाडौं । लिभरपुलले आरबी लाइपजिगका मिडफिल्डर डोमिनिक सोबोस्लाईलाई भित्र्याउने भएको छ ।

२२ वर्षीय हंगेरियन अट्याकिङ मिडफिल्डरका लागि लिभरपुलले रियल क्लज बराबर ७९ मिलियन युरो तिर्न तयार भएको हो । लगत्तै शनिबार लाइपजिगले पनि सोबोस्लाईलाई युरोप यात्राको अनुमति दिएको छ ।

उनलाई न्यूक्यासलले पनि भित्र्याउन चाहेको थियो ।

सोबोस्लाई सन् २०२१ मा अष्ट्रेलियन क्लब रेडबुल साल्जबर्गबाट जर्मन क्लबमा पुगेका थिए । उनले कुल ९१ खेलमा २० गोल गरेका छन् ।

गत सिजन बुन्डेसलिगामा ३१ खेल खेलेका उनले ६ गोल गर्नुका साथै ८ गोलका लागि एसिस्ट गरेका थिए ।

डोमिनिक सोबोस्लाई लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय