+

सान्ड्रो टोनाली न्युक्यासलमा आबद्ध

२०८० असार  १८ गते २०:०७ २०८० असार १८ गते २०:०७
सान्ड्रो टोनाली न्युक्यासलमा आबद्ध

१८ असार, काठमाडौं । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले एसी मिलान र इटालीका मिडफिल्डर सान्ड्रो टोनालीलाई अनुबन्ध गरेको छ ।

२३ वर्षीय टोनालीलेले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

गत सिजन लिगमा चौथो हुँदै च्याम्पियन्स लिगमा छनोट भएको न्युक्यासलका प्रशिक्षक एडी होवेले च्याम्पियन्स लिग फुटबलको लागि तयारी गर्दा ग्रीष्मको पहिलो हस्ताक्षर टोनालीसँग गरेका हुन् ।

५५ मिलियन पाउण्डमा आबद्ध भएका उनी महँगो इटालियन फुटबलर बनेका छन् ।

गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टोलीको

सदस्य रहेकाटोनालीले मिलानलाई २०२१-२२ मा सिरी ए जिताउन मद्दत गरेका थिए ।

उनी यू-२१ युरोपियन च्याम्पियनसिपमा इटालीको टोलीका सदस्य पनि थिए ।

टोनालीले क्लबको वेबसाइटसँग भने, ‘म सेन्ट जेम्स पार्कमा खेल्न पाउँदा साँच्चै उत्साहित छु ।’

न्यूक्यासलका मुख्य प्रशिक्षक होवेले टोनाली असाधारण प्रतिभा रहेको भन्दै उनीसँग मानसिकता, शारीरिकता र प्राविधिक विशेषताहरू रहेको बताए ।

न्यू क्यासल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय