 
																			२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) अगाडि प्रधानमन्त्री प्रचण्डविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
उनीहरुले राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे, राष्ट्रको बेइजत गर्न पाइँदैन, भारतको गेरूवस्त्र धारी प्रधानमन्त्री चाहिँदैन, नेपालको सार्वभौमिकतामाथि धावा बोल्न पाइदैन, हामी बनाउँछौं हाम्रो देश, चाहिँदैन दिल्लीको परिवेश, कठपुतली सरकार मुर्दावाद, हामी हाम्रो प्रधानमन्त्री छान्न सक्षम छौं लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।
‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको थियो । बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
 
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4