+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नीति महाधिवेशन अघि कांग्रेसले देशव्यापी अभियान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १४:५६

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारुप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाइएको छ । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्धेश्य केन्द्रीय समितिले निर्णय गर्छ,’ कांग्रेसका शीर्ष तहका एक नेताले भने, ‘अभियान सकिएपछि मात्रै नीति महाधिवेशन हुन्छ ।’

नीति महाधिवेशन दशैं अघि गर्ने तयारी भएको उनले बताए । अभियानले कांग्रेसको धरातलीय अवस्था जानकारी हुनुको साथै नीति महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने एजेण्डालाई साथ दिने उनले बताए ।

महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति समेत तय भएको छैन । यसअघि कांग्रेसमा नीति महाधिवेशन गर्ने प्रचलन थिएन । नेता चयन र नीति माथिको बहसका लागि छुट्टाछुट्टै महाधिवेशन गर्ने पार्टीले निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?