+
+
Shares

सानेपामा कांग्रेस पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १४:११
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । केहीबेर अघिबाट पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसिरहेको हो ।

स्वास्थ्यलाभपछि आराम गरिरहहेका सभापति देउवा भने आजको बैठकमा पनि सहभागी भएका छैनन् । असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि ललितपुरको एक होटेलमा दिउँसो १ बजेका लागि तय भएको थियो । सोही समयमा बैठक पार्टी कार्यालयमै बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।

साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक औपचारिक रुपमा पहिलो पटक बसेको हो ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनीकी पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?