
१ साउन, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार पनि सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि मंगलबार पनि निरन्तर सुनुवाइ हुने भएको हो ।
इजलासले सोमबार बहस टुंग्याउन आदेश दिँदै सोमबार नै आदेश जारी गर्ने जनाएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा पक्राउ परेका ४ जनाले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।
सचिव कृष्णबहादुर राउत, व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4