+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ९:३२

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा पक्षविपक्ष भए पनि पार्टी केन्द्रीय कार्यालयले भने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?