+

लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड समूह विजेता

२०८० साउन  १६ गते २१:१५ २०८० साउन १६ गते २१:१५
लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड समूह विजेता

१६ साउन, काठमाडौं । लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शन प्रेरित इंग्ल्याण्डले फिफा महिला विश्वकपमा मंगलबार चीनलाई ६-१ ले पराजित गरेको छ ।

सानदार जितपछि अष्ट्रेलिया शतप्रतिशत नतिजाका साथ समूह डी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । एडलेइडस्थित हिन्दमार्श स्टेडियममा भएको खेलमा जेम्सले दुई गोल गर्नुका साथै तीन असिस्ट गरिन् ।

खेलको चौथो मिनेटमै एलेसिया राउसोले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । लाउरेन हेम्पले २६औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारिन् । दुवै गोलका लागि लाउरेन जेम्सले असिस्ट गरेकी थिइन् । जेम्सले ४१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा इंग्ल्याण्डको अग्रता ३-० बनाइन् ।

६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी जेम्सले छोलेइ केलीको गोलमा असिस्ट गरिन् । राचेल डलेद्यी ८४औं मिनेटमा गोल थपिन् । चीनका लागि वाङ शुअङले ५७औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काइन् ।

अर्को खेलमा डेनमार्कले हेइटीलाई २-० ले पराजित गर्दै समूह डी को उपविजेता बन्यो । पर्थ स्टेडियममा भएको खेलमा डेनमार्कका लागि पर्निले हार्डरले २१औं र साने ट्रोएल्सगार्डले इन्जुरी टाइममा गोल गरिन् ।

डेनमार्कले तीनमध्ये दुई खेल जित्दा एक खेलमा हार बेहोरेको थियो ।

अन्तिम १६ मा इंग्ल्याण्डले अब समूह बी को उपविजेता नाइजेरियासँग खेल्नेछ । यस्तै डेनमार्कले समूह ए को विजेता सहआयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय