
१ भदौ, सुर्खेत । कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा र संसदीय समितिका सभापतिहरुको कार्यक्षमतामाथी प्रश्न उठाएका छन् ।
प्रदेश सभाको शुक्रबारको बैठकमा बोल्दै नेता शाहीले संसदीय समितीलाई प्रदेश लोकसेवा आयोगको छड्के गर्ने अधिकार कस्ले दियो ? भन्दै प्रश्न गरे ।
प्रदेश सभाका कर्मचारी र समितिका सदस्यहरुले आफनो क्षेत्राधिकार भन्दा बाहिर गएर विभिन्न कार्यालयमा गएर छड्के गरेको विषयमा आपत्ति समेत जनाए । उनले कुनैपनि समितिले मन्त्रालय र कार्यालयमा छड्के गर्न नहुने तर्क गरे ।
‘समितिहरुले कार्यालयहरुमा छड्के गरेको मैले अहिलेसम्म थापा पाएको छैन्, छड्के सरकारले गर्छ, कुन कार्यालयमा गर्ने भन्ने त्यो सरकारको कुरा हो’ शाहीले भने, ‘बेलान कुबेला क्यामेरा तेर्सोउँदै, कहिले प्रदेश अस्पतालमा गएको छ, कहिले लोक सेवामा गएको छ । यो कहाँको नियम हो ?’
पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले समितिका यस्ता गतिविधि लज्जास्पत बनाएको र समितिका सचिवहरुको दक्षतामा समेत कम्जोर भएको बताए ।
‘मलाई यो कुरा सुन्दा लज्जाबोध भएको छ । समितिहरुको क्षेत्राधिकार हुन्छ, त्यहाँ लेखिएको छ, कोले कहाँ जाने ? के गर्ने भनेर’ नेता शाहीले भने, ‘समितिका सभापति ज्यूहरु त भखरै आउँनु भएको छ । थाहा छैन् होला पनि समितीका सचिवहरुले क्षेत्राधिकार बारे सचेत गराउँनु पर्छकी पदैन ?’
प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले बिहीबार प्रदेश लोकसेवा आयोगको कार्यालयमा छड्के अनुगमन गरेकी थिइन् । यस्तै उनले मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमै पुगेर छड्के अनुगमन गरेकी थिइन् ।
उनले त्यहाँ कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको भन्दै सचिवलाई निर्देशन समेत दिएकी थिइन् । उनीसँग समितिका सचिव र सदस्यहरु समेत गएका थिए ।
प्रदेश मामिला समितिले केही समय पहिले प्रदेश अस्पतालमा समेत छड्के अनुगमन गरेको थियो । सोही विषयलाई लिएर नेता शाहीले आपत्ती जनाएका हुन् ।
प्रतिक्रिया 4