+
+

काठमाडौंबाट केरुङ हुँदै हुम्लाको सिमकोटमा खाद्यान्न ल्याइँदै

रासस रासस
२०८० भदौ ३ गते २१:४०

३ भदौ, सिमकोट, (हुम्ला) । नेपालको सङ्घीय राजधानी काठमाडौंबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडी र पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार साउन महिनाभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ ।

जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न लोड भएका ४० वटा गाडीमा ढुवानी गरेर आज काठमाडौँबाट हुम्लाको लागि छुटेको शाखा प्रमुख अधिकारीले बताए ।

उनका अनुसार यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बति मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हुम्लातर्फ लागेको छ ।

उक्त खाद्यान्नमा एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्वीन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । तिब्बति मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्ने गरेको शाखा प्रमुख अधिकारीले बताए ।

काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोटसम्म पुग्ने खाद्यान्नप्रति क्वीन्टल रु सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्वीन्टल खाद्यान्न चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ ।

नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडाप्रति क्वीन्टल रु १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?