 
																			१० भदौ, काठमाडौं । न्यायपरिषदले विनोद शर्मा घिमिरेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद् बैठकले उनलाई पुन: न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
‘आज न्यायपरिषद्को बैठक थियो, परिसदले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो’, कार्कीले भने, ‘अब उहाँको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।’
गत वर्ष सर्वोच्च अदालतमा सिफारिस भएदेखि नै शर्मा सर्वोच्च अदालतमै काजमा छन् । उनको सिफारिसबारे निर्णय हुन नसकेपछि पुराना मुद्दा टुंग्याउने काममा संलग्न थिए । सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4