नेपाललाई चौथो सफलता, अगाह सलमान क्याचआउट
२०८० भदौ १३ गते १७:२९
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्धको खेलमा ४ विकेट लिएको छ ।
लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् ।
हाल पाकिस्तान २८ ओभरको समाप्तीमा १२५ मा ४ विकेट गुमाउँदै खेलिरहेको छ ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए भने पाकिस्तानका दुई खेलाडी रनआउट भए ।
हाल क्रिजमा कप्तान बाबर आजम र इफ्तिकार अहमद खेल्दैछन् । कप्तान बाबर आजम ७१ बलमा ४ चौकाको साथमा ४९ रनमा खेलिरहेका छन् ।
प्रतिक्रिया 4