+

साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

२०८० भदौ  १८ गते ७:४० २०८० भदौ १८ गते ७:४०
साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

१८ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश भारतसँग १-० ले पराजित भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ ।

बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपालसँग हार टार्नुपर्नेछ ।

बंगलादेशले २०१५ र २०१८ मा उपाधि जितेको थियो भने नेपाल साविक उपविजेता हो । चार पटक उपविजेता भएको नेपाले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन् ।

साफ यू-१६ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय