
२८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १ असोजका दिन पर्ने विश्वकर्मा पूजाको प्रसाद बाँड्न प्रतिकर्मचारी २ सय रुपैयाँ पूजा खर्च संकलन गर्ने भएको छ ।
प्राधिकरणले मातहतका निकायलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने भएको छ ।
प्राधिकरणले बिहान १० बजेदेखि १२ बजेसम्म उपस्थिति भई टिका तथा प्रसाद ग्रहण गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको छ ।
प्रधान कार्यालय, उपत्यका भित्र र उपत्यका बाहरिका कार्यालयका कर्मचारीले पूजा गरी प्रसाद ग्रहण गर्न प्रतिकर्मचारी २ सयका दरले पूजा सञ्चालन गर्नको व्यवस्था मिलाउन समेत प्राधिकरणले निर्देशन दिएको हो ।
हेर्नुहोस् परिपत्रः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4