
४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बैठकमा भएका निर्णय प्रकाशित भएर आउँदा फरक तरिकाले आउने गरेको आरोप लगाएका छन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महरले पदाधिकारीसँग गुनासो राखे, ‘केन्द्रीय समितिमा एउटा निर्णय गर्छाैं, पदाधिकारीहरु के के लेख्नुहुन्छ, कार्यान्वयन के के हुन्छ, हामी बेखबर छौं ।’
१० साउनमा भएका केन्द्रीय समितिका निर्णयहरु अत्यन्तै सुस्त गतिमा कार्यान्वयन भएको उनले गुनासो राखे । पार्टीले गरेका गतिविधिमा केन्द्रीय सदस्यहरु नै बेखबर रहने गरेको उनले सुनाए । पार्टीले २/३ वटा इभेन्ट हुँदा पनि थुप्रै केन्द्रीय समितिका सदस्य बेखबर रहेको बताए ।
महरले भने, ‘केन्द्रीय कार्यालयले गर्ने कुनै पनि गतिविधिमा केन्द्रीय सदस्यहरु जानकार हुनुपर्दछ र बनाइनु पर्दछ ।’
सरकार र पार्टीबीच समन्वयको अभाव रहेको महरको निचोड थियो । ‘शिक्षकहरु आज आन्दोलनमा छन् । आज हामी यो विधेयकबारे बेखबर छौं । सांसदलाई मात्रै होइन, संसदमा नजाने विधेयक केन्द्रीय सदस्यहरुलाई पनि जानकारी होस्’, पार्टी बैठकमा भने ।
प्रतिक्रिया 4