
ह्वाट्सएप एक लोकप्रिय तथा सुरक्षित मेसेजिङ प्लाटफर्म हो । यसमा विभिन्न त्यस्ता फिचर्स छन् जसले प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षालाई मजबुत बनाएका छन् ।
ह्वाट्सएपमा एउटा यस्तो फिचर उपलब्ध छ जसको प्रयोग गरेर तपाइँले कसैसँग पनि प्राइभेट च्याट गर्न सक्नुहुन्छ र यस बारेमा अरु कसैले सुइँको नै पाउने सम्भावना हुँदैन ।
ह्वाट्सएपमा रहेको यो उपयोगी फिचरको नाम च्याट लक फिचर हो । यो सबै खाले एन्ड्रोइड तथा आइफोनमा उपलब्ध छ ।
यदि तपाई आफ्नो पार्टनर, कुनै साथी वा नातेदारसँग गोप्य रुपमा च्याट गर्न चाहनुहुन्छ भने च्याट लक फिचर निकै नै उपयोगी हुन्छ । तपाइँले यो फिचरबाट आफ्नो सबैभन्दा विशेष च्याटलाई कुनै पासर्ड राखेर सुरक्षित बनाउन सक्नुहुन्छ ।
यसरी च्याट लक गरिसकेपछि उक्त गोप्य च्याटलाई पढ्न वा पुनः मेसेज पठाउनका लागि तपाईंले सोही पासवर्ड हालेर अनलक गर्नुपर्दछ ।
यसका लागि तपाईंले फिंगरप्रिन्ट स्क्यानर, फेस आइडी वा कुनै पासवर्डको प्रयोग गरेर च्याट लक सक्नुहुन्छ ।
ह्वाट्सएपमा च्याट लक कसरी गर्ने ?
· आफ्नो आइफोन वा एन्ड्रोइड फोनमा ह्वाट्सएप खोल्नुहोस्
· आफुले प्राइभेट गर्न चाहेको च्याटबक्स खोल्नुहोस् र स्क्रिनको सबैभन्दा माथि रहेको सम्बन्धित व्यक्ति वा ग्रुपको नाममा ट्याप गर्नुहोस्
· त्यसपछि Contact Info मेन्यूमा रहेको Chat Lock अप्सनमा थिच्नुहोस्
· त्यसपछि Lock This Chat अप्सन देखिनेछ । त्यसमा फिंगर प्रिन्ट, फेस आइडी वा पासवर्ड के राखेर च्याट लक गर्ने हो भन्ने विकल्प आउनेछ र सोही बमोजिमको लक सेट गर्नुहोस् ।
· त्यसपछि लक्ड गरिएको च्याटमा फर्किनका लागि View अप्सनमा ट्याप गर्नुहोस् ।
ह्वाट्सएप बन्द गरेर पुनः खोल्दा तपाइँले यसरी लक गरेको व्यक्ति वा ग्रुपको नाम च्याट इनबक्समा देखिनेछैन । तपाइँले इनबक्स स्क्रोल गरेर Locked Chats फोल्डरमा गई वा सम्बन्धित व्यक्ति वा ग्रुपको नाम सर्च गरेर पनि लक्ड च्याटमा फर्किन सक्नुहुन्छ ।
यसका लागि तपाईंले पासवर्ड, फेस आइडी वा फिंगरप्रिन्ट जे सेट गर्नुभएकोछ त्यो हालेर अनलक गर्न सक्नुहुन्छ । एजेन्सी
प्रतिक्रिया 4