+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अक्षय कुमार स्टारर ‘मिसन रानीगञ्ज’को ट्रेलरमा कोइला खानी उद्धारको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १७:४४

काठमाडौं । अक्षय कुमार स्टारर बलिउड फिल्म ‘मिसन रानीगञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले वास्तविक कथावस्तुमा आधारित हृदयविदारक उद्धार प्रयत्नलाई चित्रण गर्छ ।

अक्षय कुमार र परिणिती चोपडा अभिनित यो थ्रिलर फिल्मले कोइला खानी उद्धार अभियानको कथा पेश गर्छ । ट्रेलरको प्रमुख विशेषतामध्ये सानदार चित्रण गरिएको पानीमुनिको एक दृश्य हो, जसमा अक्षय र अन्य प्रभावशाली कलाकारले हामीलाई उद्धार अभियानको झलक दिन्छन् ।

अक्षयले फिल्ममा जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन्, जसले दर्शकले सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ । निर्माता दीपशिखा देशमुख भन्छिन्, ‘मिसन रानीगञ्जको ट्रेलर सार्वजनिक गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म धेरै प्राविधिक टोली, कडा परिश्रम र सावधानीपूर्वक योजनाबाट गुज्रिएको छ, र यो जसरी बाहिर आएको छ त्यसबाट म धेरै खुसी हुन सक्दिन । यो एउटा प्रेरणादायी कथा हो जसलाई पर्दामा देख्न, महसुस गर्न र सेलिब्रेसन गर्नु आवश्यक छ । मिसन रानीगञ्जले ल्याएको साहस, मानवीय भावना र दृढ संकल्पको हृदयस्पर्शी यात्राको अनुभव गर्न दर्शकलाई म पर्खाउन सक्दिनँ ।’

निर्देशक टीनु सुरेश देसाई भन्छन्, ‘फिल्म निर्देशकको हैसियतमा मिसन रानीगञ्जको ट्रेलर सार्वजनिक गर्न पाउँदा म खुसी र गर्व महसुस गर्छु । यसले मानवीय भावनाको अथक आत्मा र दृढ संकल्पको बारेमा कुरा गर्छ । म यो रोमाञ्चक र प्रेरणादायी कथालाई ठूलो पर्दामा दर्शकसँग बाँड्न तत्पर छु ।’ रुस्तम’पछि देसाईको यो अर्को थ्रिलर फिल्म हो ।

फिल्ममा अक्षय कुमारसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?