+

विश्वकप छनोटको पहिलो चरणमा नेपालले असोज २५ गते लाओससँग खेल्ने

२०८० असोज  १९ गते २०:३४ २०८० असोज १९ गते २०:३४
विश्वकप छनोटको पहिलो चरणमा नेपालले असोज २५ गते लाओससँग खेल्ने

१९ असोज, काठमाडौं । सन् २०२६ मा हुने विश्वकप फुटबल छनोटको पहिलो खेल नेपालले असोज २५ गते लाओससँग खेल्ने छ ।

लाओस र नेपालबीचको पहिलो लेग काठमाडौंको दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो लेग भने ३० असोजमा लाओसमा हुने छ ।

होम एण्ड अवेमा हुने यो खेलको विजेता टिम दोस्रो चरणमा पुग्ने छ । यो खेल जित्ने टिमले दोस्रो चरणमा यूएई, बहराइन र अर्को एक देशसँग प्रतिस्पर्धा गर्न पाउने छ ।

नेपालसँग खेल्न लागेको लाओस फिफा वरीयतामा १८६औं स्थानमा छ । नेपाल भने १७५औं स्थानमा छ ।

यो खेलका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

पत्रकार सम्मेलनमा शाहले छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरिसकेको पनि बताए ।

खेलको कमर्सियल मिडिया राइट सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ । खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ ३०० र भीआईपी पाराफिटतर्फ ५०० रुपैयाँ कायम गरिएको छ ।

खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने छ । सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको एन्फाले जनाएको छ ।

नेपाल भर्सेस लाओस विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय