+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुजुकीको चाडपर्व अफर : धरानका राजु रिजालले जिते १० ग्राम सुनको सिक्का

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:०४

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले बम्पर विजेता घोषणा गरिएको छ ।

२१ असोजका दिन टेकु शोरुममा गरिएको फेसबुक लाइभ मार्फत योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको हो । जसअनुसार धरानका राजु रिजाल विजेता बनेका छन् । उनले पहिलो बम्पर मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२५ सीसी बीएस६ खरिद गरेका थिए ।

यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्र मार्फत रिजाल पहिलो विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ ।

चाडपर्वका अवसरमा सुजुकीले सार्वजनिक गरेको ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना अन्र्तगत ग्राहाकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेञ्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेञ्ज गर्दा ग्रहाकहरुले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुने समेत कम्पनीले जनाएको छ ।

यो योजना अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?