+

फुटबलबाट हजार्डको सन्यास

२०८० असोज  २३ गते १५:२४ २०८० असोज २३ गते १५:२४
फुटबलबाट हजार्डको सन्यास

२३ असोज, काठमाडौं । इडेन हजार्डले ३२ वर्षको उमेरमै फुटबलबाट सन्यास लिएका छन् ।

बेल्जियमका विंगर हर्जाडले एक वर्ष सम्झौता बाँकी रहँदै गत सिजनको अन्त्यमा रियल मड्रिड छाडेका थिए । त्यसपछि उनी कुनै क्लबमा पनि गएनन् ।

२०१२ मा चेल्सीमा अनुबन्ध भएका उनले ३५२ खेल खेल्दै ११० गोल गरे भने दुई पटक प्रिमियर लिग जिते । २०१९ मा रियल मड्रिड गएपछि उनको अवस्था फेरियो । पहिलो सिजनमै च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलका क्रममा चोट बोकेपछि उनी पुरानो लयमा फर्किन सकेनन् ।

उनले रियलका लागि जम्मा ५४ लिग खेल खेलेका छन् । गत सिजन त उनले जम्मा ६ खेलमा अवसर पाए ।

हर्जाडले गत डिसेम्बरमा मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । मंगलबार सामाजिक सञ्जालमार्फत खेलाडी जीवनबाटै सन्यास लिएको घोषणा गरेका छन् ।

‘आफूले आफैंलाई सुन्नु पर्छ, र समय समयमा रोकिनुपर्छ’ उनले भनेका छन्, ‘१६ वर्ष, अनि ७०० भन्दा बढी खेल खेलेपछि मैले आफ्नो व्यावसायिक फुटबल करिअरलाई अन्त्य गर्ने निर्णय गरेको छु ।’

इडेन हाजार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय