२४ असोज, काठमाडौं । बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायल पुगेका छन् ।
हमासले गरेको आक्रमणपछि इजरायली नागरिकप्रति एकजुटता प्रकट गर्न उनी इजरायल गएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
उनले आक्रमणबाट इजरायली नागरिक र नेताहरूसँग भेट्ने बताएका छन् ।
शनिबार इजरायलमा हमासले आक्रमण गरेको थियो, इजरायली सेनाले त्यसको जवाफी कारबाही सुरु गरेपछि अहिले त्यहाँ युद्धको स्थिति छ ।
इजरायली सेनाका अनुसार अहिलेसम्म इजरायलमा १ हजार २०० जनाको मृत्यु भएको छ र २ हजार ७०० घाइते भएका छन् ।
यस्तै इजरायलले गाजा क्षेत्रमा गरेको कारबाहीमा १ हजार ५५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4