+

फुटबल खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने

२०८० कात्तिक  २ गते १४:३९ २०८० कात्तिक २ गते १४:३९
फुटबल खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने

२ कात्तिक, काठमाडौं । विश्वकपको एसिया क्षेत्र छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

खेलाडीहरुलाई बिहीार नै रकम प्रदान गरिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘हामी आजै उहाँहरुको बैंक खातामा पैसा पठाउनेछौं’, उनले भने ।

३० असोजमा लाओससँग खेलेर बुधबार राति नेपाली टिम स्वदेश फर्किएको थियो । त्यस क्रममा खेलाडीलाई स्वागत गर्दै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले खेलाडीलाई पुरस्कार घोषणा गरेका हुन् ।

नेपाली टिम पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपालले दोस्रो चरणमा प्रवेश गरेको हो ।

एन्फा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय