+

समन्दर ओचिलोभ झापा एफसीमा अनुबन्धित

२०८० कात्तिक  १६ गते १६:०५ २०८० कात्तिक १६ गते १६:०५
समन्दर ओचिलोभ झापा एफसीमा अनुबन्धित

१६ कात्तिक, काठमाडौं । उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसीसँग अनुबन्धित भएका छन् ।

झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट समन्दर ओचिलोभलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

समन्दरले काजकिस्तान, उज्वेकिस्तान, ताजकिस्तान, भारत लगायतका देशहरूमा खेलिसकेका छन् ।

२८ वर्षका उज्वेकी डिफेन्डरले झापा एफसीका मार्की खेलाडी अञ्जन बिष्टसँगै आई लिगमा खेलिसकेका छन् ।

काजकिस्तानमा व्यावसायिक फुटबल खेलिरहेका उनीसँग एएफसी लिग खेलेको अनुभव छ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी रहेको भन्दै उनले आफूले टिमलाई लिग जिताउनका लागि खेल्ने बताए ।

झापा एफसीका अध्यक्ष अर्पण विक्रम खड्काले समन्दरको आगमनले टिमको डिफेन्स बलियो भएको बताए ।

झापा एफसीले यसअघि गोलरक्षक स्टेफन कुपिजलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ । झापा एफसीले स्पोर्टिङ डी इलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ ।

एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुने छ ।

एनएसएल झापा एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय