२१ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले जितका लागि अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ ।
मुम्बईको बाङ्खडे स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९१ रन बनाएको हो ।
अफगानिस्तानका लागि इब्राहिम जरदानले शतकीय पारी खेले ।
नट आउट १२९ रन बनाएका उनले दोस्रो विकेटका लागि रहमत शाहसँग ८३ रनको साझेदारी गरेका थिए ।
यस्तै सातौं विकेटका लागि रसिद खानसँग नट आउट ५८ रनको साझेदारी गरे । रसिद खानले १८ बलमा ३५ रन बनाए ।
प्रतिक्रिया 4