+

शुक्रबारदेखि सुरु हुने एनएसएलको तयारी पूरा

२०८० मंसिर  ६ गते १८:२५ २०८० मंसिर ६ गते १८:२५
शुक्रबारदेखि सुरु हुने एनएसएलको तयारी पूरा

६ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलको तयारी पूरा भएको छ ।

आज बुधबार बेलुकी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको घोषणा गरेका हुन् ।

‘अब हामी दुई दिन टाढा छौँ एनएसएलबाट, सबै तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशी खेलाडीहरु आइसकेका छन् । केही विग नेम छन् । विदेशी कोच छन् । आइकोनिक क्याटेगोरी छन् । त्यमसा पालयन भइसकका खेलाडीहरु पनि फर्किएका छन् ।’

कोरोना भाइरस संक्रमणका कारण पहिलो सिजन दर्शकको उपस्थिति बिना प्रतियोगिता भएको थियो । यस पटक स्टेडियममा दर्शक उपस्थित हुने छन् ।

दर्शकको मनोरञ्जनका लागि स्टेडियमा डीजे र चियर लिडरलाई पनि एनएसएलमा समावेश गराउने कार्कीले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने छन् ।

लेजेण्ड फुटबलर डिडियर ड्रोग्बा पनि एनएसएलका बेला काठमाडौं आउने भएकाले धेरै समर्थक उत्साहित रहेको कार्कीले बताए । पारिवारिक कारणले ड्रोग्बाको नेपाल आउने मिति तय नभए पनि उनी प्रतियोगिताकै बीचमा नेपाल आउने कार्कीले जानकारी दिए ।

एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । टिकेटिङ पार्टनरका रुपमा आईएमई पे छ ।

९ टिम सहभागी यो प्रतियोगिताका खेलहरु दशरथ रंगशालामा हुने छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् ।

एनएसएल डिडियर ड्रोग्बा दशरथ रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय