+

एनएसएलमा ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

२०८० मंसिर  ९ गते १९:२९ २०८० मंसिर ९ गते १९:२९
एनएसएलमा ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गर्‍यो ।

ललितपुरले दुबै गोल पहिलो हाफमै गरेको थियो । २६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको ललितपुरका लागि अनन्त तामाङले ६ मिनेटपछि नै अर्को गोल थपे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन र ललितपुरले ३ अंक जोड्यो ।

एनएसएल अन्तर्गत नै शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो ।

दोस्रो हाफमा बुटवलले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

एनएसएल खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय