+
+
WC Series
पोखरा एभेन्जर्स 2025
26/1 (4.1)
VS
९५ बलमा १४० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १४:३९

काठमाडौं । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले दाबी गरेको छ ।

नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनिबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआर (नेपालपे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुनेछ ।

‘यसले सेवाग्राही तथा मर्चेन्टमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनीयता अझ बढ्नेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।’

अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखेर उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?