
भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस ५ गते बुक क्लोजको मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् । हाल कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ४४१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4