नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा
२०८० मंसिर २७ गते ८:१६
२७ मंसिर, काठमाडौं । इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सीु’अन्तर्गत मंगलबार राति भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो ।
नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे ।
जितपछि नापोलीले ६ खेलबाट १० अंक जोड्यो ।
यसअघि नै नकआउट चरण पुगिसकेको छ स्पानिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई ३-२ ले हराएर शतप्रतिशत नतिजा निकाल्यो । रियल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
रियलका लागि जोसेलुले दुई तथा डानी सेबालोसले एक गोल गरे । युनियन बर्लिनका लागि केभिन भोल्याण्ड र एलेक्स क्रलले एक-एक गोल गरे ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4