
२७ मंसिर, पोखरा । पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ ।
कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ ।
आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको ५ । प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।
आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले संकलन गरेको क्षतिको विवरण –
१) बाल्ट्रा कम्पनीको एसी थान-५
२) मोबाइल फोन थान-१०
३) फ्रिज थान- १
४ सीसीटिभी क्यामेरा थान -५
५) कम्पयुटर थान-१
६) साउण्ड सिस्टम १ सेट
६) टीभी थान-१
७) सोफा १५ सेट
८) ग्याँस गिजर थान-१
९) पंखा थान-१३ विभिन्न बैकको चेहरु १३ लाख बराबरको विभिन्न ब्राण्डको रक्सि अं ८० हजार बराबरको र वाइरिङको तार तथा जिप्सनहरु जलि क्षति भएको ।
प्रतिक्रिया 4