एन्फा कार्यसमिति बैठक सोमबार बस्ने, १८ वटा एजेन्डा
२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ ।
एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो ।
यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको छ ।
एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण पनि गर्ने छ ।
सुरुमा १५ वटा एजेन्डाको बारेमा कुरा भए पनि एन्फा कार्यसमिति सदस्य अनिल मल्लले ४ वटा एजेन्डा थप गर्न माग गरेपछि उनको एजेन्डाको ३ वटा एजेन्डा समेट्दै १८ एजेन्डामाथि छलफल गरिने महासचिव किरण राईले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
कार्यसमिति बैठकका लागि तय भएका एजेन्डाहरु
१. संघको आर्थिक २०७९/०५० को अडिटर सिफारिस प्रस्ताव बारे ।
२. संघको विशेष साधारण सभा सम्वन्धमा ।
३. संघको नियमित साधारण सभा सम्बन्धमा ।
४. कोशी प्रदेशका १० जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला, वि, सि डिभिजनको मताधिकारबारे।
५. राष्ट्रिय लिगका लागि छनौट भएका ४ क्लबहरुको सम्बन्धमा ।
६. संघलाई जावश्यक पर्ने खेल सामाग्री लगायत विभिन्न सामाग्रीहरुको बोलपत्र तथा खरिद सम्बन्धमा ।
७. दोश्रो राउण्डको वर्ल्डकप क्वालिफाइड खेलहरुको जायोजना र सहभागीता सम्बन्धमा ।
८. बी, सी डिभिजन लिग, जिल्ला लिग र महिला लिग लगायत अन्य प्रतियोगिताहरुको सम्बन्धमा ।
९. विभिन्न उमेर समुहको महिला तथा पुरुष साफ व्याम्पियनशिप सम्बन्धमा ।
१०. साफ क्लब च्याम्पियनशिप सम्बन्धमा ।
११. संघको विभिन्न समितिहरुको गठन तथा पुनर्गठन सम्बन्धमा ।
१२. संघको कर्मचारी थप घट र व्यवस्थापन सम्बन्धमा ।
१३. संघको विभिन्न पदाधिकारीहरुको नियुक्ति तथा जिम्मेवारी परिवर्तन सम्बन्धमा ।
१४. अनुशासनको विषयहरु सम्बन्धमा ।
१५. विविध ।
थप गरिएका तीन एजेन्डा :
१६. अर्थिक समिति गठन सम्बन्धमा
१७. स्थायी समिति नियमावली सम्बन्धमा
१८.एन्फा कार्यसञ्चालन नियमावली आर्थिक नियमावली, आन्तरिक संगठन नियमवाली, प्रतियोगिता नियमावली र कर्मचारी सेवा सर्त नियमावली पुनरावलोकन गरि परिवर्तन गर्ने सम्बन्धमा ।
प्रतिक्रिया 4