+

प्रधानमन्त्री कप महिला क्रिकेट खेल्ने गण्डकीको टिममा दुई परिवर्तन

२०८० पुष  ४ गते १३:४९ २०८० पुष ४ गते १३:४९
प्रधानमन्त्री कप महिला क्रिकेट खेल्ने गण्डकीको टिममा दुई परिवर्तन

४ पुस, काठमाडौं । पुस ५ देखि सुरु हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीले टिममा दुई परिवर्तन गरेको छ ।

गण्डकी प्रदेशले यसअघि १४ सदस्यीय टोली घोषणा गरेको थियो । त्यसमा केही परिमार्जनसहित कुसुम गोदारको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि टोलीमा रहेकी सेर्निया थापा  र श्रेया शाहीको स्थानमा श्रेया शर्मा र धनकुमारी क्षेत्रीलाई टिममा राखिएको छ । बाँकी खेलाडी भने यथावत छन् ।

यसअघि श्रेया शर्मा र धनकुमारी क्षेत्री वैकल्पिकमा थिए । तर अब उनीहरुले मुख्य टोलीमा स्थान पाएका छन् ।

गण्डकीको प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा विन्दु केसी छन् । यस्तै टिम एनालिष्टमा सोनिया तिवारी छन् ।

गण्डकीले पहिलो खेल भोली बिहीबार लुम्बिनीसँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म मूलपानी र त्रिवि मैदानमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोलीको सहभागिता छ ।

पहिलो पटक यस प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । जहाँ हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

गण्डकीको टिम

कुसुम गोदार (कप्तान), अञ्जली विश्वकर्मा, सिमाना केसी, सृजना पौडेल, सृष्टि पौडेल, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृति तिवारी, शिला रेग्मी क्षेत्री, रचना चौधरी, अर्मिना अधिकारी, श्रेया शर्मा, धनकुमारी क्षेत्री ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय