वेष्टहमको पोष्टमा पाँच गोल गर्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा
२०८० पुष ५ गते ९:०१
५ पुस, काठमाडौं । वेष्टहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
लिभरपुलका लागि कर्टिस जोन्सले ५६औं र ८४औं मिनेटमा गोल गरे । यस्तै डोमिनिक सोबोजलाईले २८औं, कोडी गाक्पोले ७१औं र मोहमद सालाहले ८२औं मिनेटमा गोल गरे ।
यसअघि नै प्रिमियर लिगको चेल्सी, फुलहम र च्याम्पियनसिपको मिडल्सब्रो सेमिफाइनल पुगिसकेका छन् ।
बुधबारै सेमिफाइनलको ड्र समेत भएको छ । जस अनुसार सेमिफाइनलमा चेल्सी र मिडल्सब्रो तथा लिभरपुल र फलुअमबीच खेल हुनेछ ।
सेमिफाइनल पहिलो लेग आगामी जनवरी ९-१० मा हुनेछ भने दोस्रो लेग जनवरी २३-२४ मा हुनेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4