+
+

सुनको वैधानिक आयात घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १४:०९

८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

गत वर्ष मंसिरसम्म नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो ।

तथ्यांकअनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो ।

विभागकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको छ ।

कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो ।

सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जनाएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?