काठमाडौं । अहिलेको डिजिटल जमानामा कसैलाई चिठीपत्र वा पोस्टकार्ड पठाउने भन्ने कुरा दुर्लभ भैसकेको छ । तर, वर्षौअघि भने यहीँ नै सञ्चारको प्रमुख तरिका थियो ।
दुनियाका विभिन्न ठाउँबाट मानिसहरुले एक अर्कालाई चिठी पठाउँथे । त्यसरी पठाइएका पत्रहरु क्हिले समयमै गन्तव्यमा पुग्दथे भने कहिले ढिलो पुग्थे वा बीचमै हराउँथे पनि । तर एउटा चिठी भने पठाइएको ८० वर्षपछि मात्रै यसको सही ठेगानामा पुगेको छ । अमेरिकाको डिकाल्बमा हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ ।
सन् १९४३ मा इलिनोइसको एक दम्पतिलाई प्रेषित गरिएको पत्र ८० वर्षपछि एउटा हुलाक घरमा फेला पर्यो र परिवारका एकजना सदस्यलाई उक्त पत्र सुम्पिइयो ।
त्यो पत्र लुईस जर्ज र लाभेना जर्जका लागि पठाइएको थियो । जब त्यो पत्र हुलाक कार्यालयमा अलपत्र अवस्थामा फेला पर्यो तब त्यहाँका एक कर्मचारीले जर्ज परिवारको खोजी गर्ने निधो गरे । अन्ततः उक्त पत्र ओरेगनको पोर्टल्याण्डमा बस्ने जर्ज परिवारका एकजना नातेदार ग्रेस सालाजारलाई हस्तान्तरण गर्न उनी सफल भए ।
ग्रेसले सो पत्र लुईस र राभेना जर्जकी छोरी जेनेट जर्जको हातमा पारिदिए । ८० वर्ष पूरानो उक्त पत्र हात परेसँगै जेनेटले ध्क्ष्ँच् टिभीसँग भनेकी छिन् ः अचानक एउटा निकै पूरानो पत्र हाम्रो हातमा पर्दछ । यो अनुमान भन्दा परको कुरा थियो । यसलाई देख्दा जोकोहीपनि आश्चर्यचकित हुन्थ्यो । आखिर यो कहाँबाट आयो भनेर हामीले सोँचिरहेका थियौँ ।
खाम खोलेपछि पत्र पढ्दा बल्ल पत्ता लाग्यो कि त्यो त सन् १९४३ मै लेखेर हुलाक गरिएको पत्र रहेछ । जेनेटका माता पितालाई उनका एक भतिजले सो पत्र लेखेका रहेछन् । पत्रमा जर्ज परिवारप्रति समवेदना प्रकट गर्दै लेखिएको थियो : हामी दुःखी छौँ कि तपाइँको पहिलो पुत्री एभलिनको सिस्टिक फाइब्रोसिसका कारण निधन भएको छ ।
सो पत्रका बारेमा जेनेट भन्छिन् : मलाई अहिलेसम्म यो कुरा थाहा थिएन कि मेरा बुवाआमाले म भन्दा अगाडि एउटा सन्तान गुमाइसक्नुभएको रहेछ । त्यो थाहा पाउँदा म निकै भावुक भएँ । मेरो विचारमा एक बच्चालाई गुमाउनु वास्तवमै सदैव भयावह हुन्छ । यो घटनाले मलाई एक प्रकारबाट मेरा आमाबुवाको दुख तथा मेरो जन्मभन्दा अगाडि नै मेरो परिवारलाई भएको नोक्सानको महसूस गरायो ।
जर्ज परिवारलाई पत्ता लगाउने हुलाकका कर्मचारीले भनेका छन् कि उक्त पत्र हुलाक कार्यालयमै यत्तिका वर्षसम्म थन्किनुको कारण सम्भवतः पत्रको खाममा लेखिएको प्रापकको ठेगानामा केवल सडकको मात्र नाम थियो, घरको नाम उल्लेख थिएन । एजेन्सीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4